बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो कारणले मन्त्रिपरिषद विस्तार रोकिएको होइन : माधव समूह

शुक्रबार, २२ साउन २०७८, १७ : २१
शुक्रबार, २२ साउन २०७८

एमालेको माधव समूहले आफ्ना कारणले मन्त्रिमण्डल विस्तार नरोकिएको दावी गरेको छ । नेता रघुजी पन्तले आफ्नो समूहका कारण मन्त्रिपरिषद विस्तार रोकियो भन्ने कुरामा सत्यता नभएको बताएका हुन् ।
‘हाम्रो कारणले होइन, हामीले सरकारमा जान्छौ भनेकै छैनौ, त्यसकारण हाम्रा कारणले किन रोकिनु ?’, पन्तको प्रश्न छ । 

उनले आफुहरु सत्तापक्षमा नभएको पनि प्रस्ट पारे । ‘हामी सत्तापक्षमा छैनौ । तपाईहरु पत्रकारले यति पनि देख्न सक्नुभएन भने यो त विडम्बना हो’, पन्तको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप