ओलीले जति गाली गरेपनि पार्टी एकता होस् भन्ने चाहन्छु : माधव नेपाल
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्माओलीले जति गालि गरेपनि आफु पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । सो समूहको शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकता प्रक्रिया चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा पनि अध्यक्ष ओलीले आफ्नो समूहमाथि गालीगलौज गर्ने गरेको भन्दै ओलीले जति गालि गरेपनि आफुले पार्टी एकता होस् भन्ने चाहेको बताएका हुन् ।
‘केपी ओलीले मलाई जति नै गालि गरेपनि अहिले पनि म पार्टी एकता होस भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ’ नेता नेपालको भनाइ छ । त्यस्तै उनले ‘केपी ओलीले अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीहरुले आशंका गर्नुभएको छ । तर त्यसो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहान्छु’ भनेका छन् ।
‘आफ्नो मनोबल उत्साहलाई कायम राख्दै एकताको प्रयत्न गरौ भन्दै एकताको प्रयत्न चलिरहेका बेलामा हामीले एकतामै जोड दिनुपर्छ’ नेता नेपालको भनाई उदृत गर्दै नेता पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण