लतारिएर ओलीसँग एकता नगर्ने माधव समूहको निष्कर्ष
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग लतारिएर एकता नगर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ‘हामी लतारिँदैनौ, सम्मानजनक एकताको पक्षमा छौ, एकता दुवै पक्षको जित हो, विभाजनमा गयौँ भने सर्वनाश हो’, पन्तले बैठकको निष्कर्ष सुनाउँदै भने ।
त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिए ।
‘पार्टी एकताका लागि वार्ता चलिरहेका बेला सदस्यता नवीकरण, अधिवेशन लगायतका सङ्गठनात्मक काम अध्यक्ष ओली पक्षबाट भइरहेको छ त्यो रोक्नुपर्ने बैठकको निष्कर्ष छ’, पन्तको भनाइ छ ।
बैठकमा वरिष्ठ नेता नेपालले आफूहरू एकताकै पक्षमा रहेको भन्दै केपी अोलीले जति गाली गरेपनि पार्टी एकताको पक्षबाट नभाग्ने बताएका थिए ।
नेता नेपालको भनाइ उद्धृत गर्दै नेता पन्तले भने, ‘अध्यक्ष ओलीले पार्टी एकताका नाममा अलमल्याउन खोजेको होइन त भन्ने प्रश्न पनि उठेको छ तर हामी एकताको प्रयास गर्छौ ।’ नेता पन्तले बैठकले चारवटा प्रस्ताव पास गरेको जानकारी दिए । ‘सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलाको स्वागत, १० बुँदे भएको बेला र एकता प्रक्रिया चलेका बेला नेताहरूमाथि लाञ्छना लगाउनु नहुने, १० बुँदे सहमतिले एकताको आधार तयार गरेको र त्यसैका आधारमा थप निर्णय गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिएको छ’ नेता पन्तले प्रस्तावबारे जानकारी दिए । त्यस्तै उनले आफ्नो समूह तत्काल सरकारमा नजाने पनि प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
