बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्छः बिडारी

शुक्रबार, २२ साउन २०७८, १६ : ४०
शुक्रबार, २२ साउन २०७८

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका छन् । 

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रुपमा अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ति नियुक्तिहरु बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका हुन् ।

उनले भने,  ‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस् अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतिद्वारा ती नियुक्तिहरु बदर गरेर ठिक बाटोमा, संविधानका बाटोमा फेरी कार्य गर्नुभनी निर्देशन पनि दिन सकौँ ।’

उनले संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गरे । 

उनले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिवहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गरे । वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुन नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप