शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘धर्मग्रन्थ’ देखाएर ठगेको आरोपमा काठमाडौंबाट दुईजना युवा पक्राउ

शुक्रबार, २२ साउन २०७८, १६ : २०
शुक्रबार, २२ साउन २०७८

‘धर्मग्रन्थ’ देखाएर ठगेको आरोपमा काठमाडौंको आरुबारीबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ बाट नुवाकोटका आशिष तामाङ र भोजपुरका रजिन राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए ।

२० वर्षीय आशिष र ३० वर्षका रजिनले उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका हेम प्रकाश मगरलाई ३ करोडमा विक्री हुने ‘बौद्ध ग्रन्थ’ भनेर १३ लाख ७९ हजार नगद लिएका थिए ।

‘लोभमा परेर हेम प्रकाश मगरले सो ग्रन्थ राखेर पैसा दिएको अनुसन्धानबाट खुलेको छ’ महाशाखाका एसएसपी खापुङ्गले भने–‘करोडौं मुल्य पर्ने बौद्ध ग्रन्थको हवाला दिएर उनीहरुले ठग्ने गरेको देखिन्छ ।’

पुरातात्विक धार्मिक महत्वको बहुमूल्य धर्मग्रन्थ भन्दै झुक्याएर ठग्ने अर्को समूहलाई पनि केही दिनअघि महाशाखाले पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप