शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा चेरी कार भित्रिदै, एसपीजी अटोमोबाइल्स वितरकमा नियुक्त

शुक्रबार, २२ साउन २०७८, १४ : १७
शुक्रबार, २२ साउन २०७८

काठमाडौं । विश्व चर्चित अटोमोबाइल ब्रान्ड चेरी नेपाली बजारमा भित्रिदै छ । सो कम्पनीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सलाई नियुक्त गरेको  छ । कम्पनीका अनुसार उक्त गाडी नेपालमा चाँडै नै सार्वजनिक हुनेछ । 

चेरी ब्रान्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलस अटोमोवाइलस व्यवसाय क्षेत्रमा लामो समय देखिेको अनुभवी कम्पनी हो  । यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको  साथै  नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा  कम्पनी विश्वस्त छ । 

नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्रान्ड इन्टरनेशनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।

१९९७ मा स्थापना भएको चेरी ब्रान्ड अटोमोबाइलस कम्पनी लिमिटेडको  उत्पादन लाइनबाट पहिलो कारले, डिसेम्बर १९९९ मा बजार प्रवेश गरेको हो। हाल चेरी ब्रान्डको वार्षिक ९,००,००० कार, इन्जिन र ४,००,०००  ट्रान्समिसन उत्पादन क्षमता रहेको छ। 

चेरी ब्रान्डले पेसेन्जर, कमर्शियल सवारीसाधन को अतिरिक्त मिनी भ्यान  पनि उत्पादन गर्दछ । चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप