शंकर पोखरेलमाथि कारवाही गर्न राष्ट्रियसभामा उठ्यो माग
राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहितलाई कारवाही गर्न माग गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारवाहीको माग गरेकी हुन् ।
उनले भनिन्, ‘माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण गरेको शैलीमा मुख्यमन्त्रीको निवासमा पुर्याएर पाँच दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ ।’
उनले मुख्यमन्त्री पोखरेल पनि केपी शर्मा ओलीकै बाटोमा उन्मुख देखिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘अविश्वास प्रस्ताव सामना गर्न नसक्ने, बजेट पेस गर्न नसक्ने, संसद बहिष्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने, ओली सरकारजस्तै हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री आफै अपहरणमा संलग्न भई कानुन विपरीत कार्य गरिरहेको हुँदा कारवाहीको जोडदार माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण