शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको घर कर्जामा ५ बर्षसम्म फिक्स्ड ब्याजदर, अब तपाईको आफ्नै घर

शुक्रबार, २२ साउन २०७८, १४ : ०६
शुक्रबार, २२ साउन २०७८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्रति वर्ष ८.५०% फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ ।

निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।

फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७.९९% मै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गहरुले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पु¥याउने विश्वास बैंकको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप