बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माधव पक्षको दोस्रो दिनको बैठकमा सहभागी भए सुरेन्द्र पाण्डे

शुक्रबार, २२ साउन २०७८, १२ : २८
शुक्रबार, २२ साउन २०७८

नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् । पहिलो दिनको बैठकमा सहभागी नभएका उनी दोस्रो दिनको बैठकमा भने सहभागी भएका हुन् ।पीएसओलाई कोरोना देखिएको र आफू  कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए । 

कतिपयले देउवाले विश्वासको मत लिँदा उनीलगायतका केही सांसदले बहिस्कार गरेकाले नेपाल कित्ता छाडेको रुपमा समेत हेरेका थिए । आजको बैठकमा उनको सहभागितासँगै नेपाल पक्षलाई राहत मिलेको छ । यसैबीच आजको बैठकमा पनि नेता योगेश भट्टराई भने सहभागी छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप