बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पूर्व प्रधानसेनापति कटवाल भन्छन्– एमसीसी पास भए हाम्रो स्वाभिमान चकनाचुर हुन्छ

शुक्रबार, २२ साउन २०७८, १२ : २०
शुक्रबार, २२ साउन २०७८

पूर्व प्रधानसेनापति  रुकमाङ्गद कटवालले एमसीसी हुबहु पारित भए हाम्रो स्वाभिमान चकनाचुर हुने जिकिर गरेका छन् । काँग्रेसकै पालामा सम्झौता भएर हाल संसदमा विचाराधीन रहेको एमसीसीको विषयमा विवाद कायमै रहेको बेला कटवालले यस्तो बताएका हुन् । 

‘म फेरि भन्छु, एमसीसीमा लेखिएका प्रावधानसहित त्यसमा पनि संसदबाट पास गराएर लागू गर्दा नेपालको सम्प्रभुता, स्वाधिनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ’, कटवालले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

एमसीसीमा भएका देश हित विपरितका प्रावधानहरु हटाउनुपर्ने भन्दै उनले जस्ताको तस्तै पारित गराउन खोज्नेहरू नेताहरु नेपाली हुनै नसक्ने उनको जिकिर छ । ‘यस्तो हालतमा एमसीसी पास गराउन खोज्ने नेताहरु नेपाली हुन सक्तैनन्ने’, उनको भनाइ छ, ‘नेपाली हुँ भनेर गौरव गर्ने स्वाभिमानी सम्पूर्ण नेपालीहरुले घोर विरोध गर्नैपर्छ । कुनै पनि हिसाबले यही हालतमा एमसीसी पास हुन दिनुहुँदैन ।’

आफ्नै पालमा सम्झौता भएको एमसीसी संसदबाट अनुमोदन कार्यान्वयनमा लगाउने पक्षमा देउवा सरकार रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्केन गत साउन १२ गते टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीसहित दुई पक्षीय हितमा कुराकानी भएको बताइएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप