‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भिडियो तत्काल बन्द गर्न काँग्रेस नेताहरुकै माग
सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सार्वजनिक गरेको भिडियोप्रति आपत्ति जनाएका छन् ।
महामन्त्री पूर्णबहादुर खड्काले ‘भिडियो गाईजात्रा’ भनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ भन्दै प्रधानमन्त्री देउवाको सचिवालयले सार्वजनिक गरेको भिडियोप्रति आपत्ति जनाएका छन् ।
केही दिनयता प्रधानमन्त्री देउवाको नाममा खोलेको भाइबर ग्रुपमार्फत ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किन भने’ शीर्षकमा विभिन्न भिडियो सार्वजनिक भएका थिए । तिनै भिडियोप्रति काँग्रेस नेताहरुले आपत्ति जनाएका हुन् ।
‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि सम्पूर्ण गरी जनताका बीचमा स्थापित काँग्रेस सभापति तथा आदरणीय प्रधानमन्त्री शेरबहादुर देउवाज्युका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको ‘भिडियो गाईजात्रा’ तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, महामन्त्री खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्वीट गर्दै प्रधानमन्त्रीको भिडियोप्रति आपत्ति यो काम गर्ने बेला भएको र राम्रो काम गरे जनता आफैले भिडियो बनाउने बताएका छन् ।
‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सही सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैंले बनाउने छन् ‘भिडिओ’, नत्र पार्टीले बनाउला,’ शर्माले लेखेका छन्, ‘पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु । जय नेपाल ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण