ओलम्पिकमा पदक जित्ने भारतीय महिला हकी टोलीको सपना चकनाचुर
शुक्रबार, २२ साउन २०७८, १० : १३

भारतको महिला हकी टोलीको टोकियो ओलम्पिकमा पदक जित्ने सपना चकनाचुर भएको छ । काँस्य पदका लागि भएको खेलमा भारत बेलायतसँग ३–४ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो क्वार्टरमा भारतले ३–२ को अग्रता बनाएको थियो । तर, भारतले आफ्नो अग्रता कायम गर्न सकेन । बेलायतले तेस्रो र चौथो क्वार्टरमा १५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।
भारतीय टोलीले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको थियो । पहिलोपटक सेमिफाइनलमा पुग्दै इतिहास रच्यो । टोलीले यसअघि मात्र २ पटक ओलम्पिक खेलेको थियो । सन् १९८० मा टोली शीर्ष ४ मा पुगेको थियो । सन् २०१२ को रियो ओलम्पिकमा टोली १२ औँ स्थानमा रहेको थियो ।
उता, पुरुष टोलीले भने ४१ वर्षको खडेरी अन्त्य गर्दै पदक जितेको छ । भारतले जर्मनीलाई हराउँदै काँस्य पदक हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोसी, सुनकोसी र हलेसी
-
अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता : मन्त्री गुरुङ
-
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
-
विगतका सरकारले खनेको योजनाहरुको खाल्डो पुर्दैछौँ : अर्थमन्त्री
-
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली
-
रेड स्क्वायर र क्रेमलिन वरिपरि