बालुवाटारमा कार्यदलले बुझायो तीनवटा ‘डकुमेन्ट’
शुक्रबार, २२ साउन २०७८, १० : ०७
सत्तारुढ गठबन्धनको सात सदस्यीय कार्यदलले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीनवटा दस्तावेज बुझाएको छ । कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुलाई सरकार सञ्चालनसम्बन्धी कार्यविधि, न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुको आचार संहिताको मस्यौदा बुझाएको हो ।
कार्यदलका अध्यक्ष पूर्णबहादुर खड्का नेतृत्वको टोलीले शुक्रबार बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रम, सरकार सञ्चालनसम्बन्धी कार्यविधि र मन्त्रीहरुको आचार संहिता बुझाएको हो ।
यी दस्तावेजहरूलाई अन्तिम रुप दिई शीर्ष नेताहरुले हस्ताक्षर गरेर सार्वजनिक गरिने बताइएको छ ।
सरकारको साझा न्यूनत्तम कार्यक्रम बनेसँगै अब मन्त्रिपरिषद विस्तार हुने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको फैसला (पूर्णपाठ)
-
शरणार्थी प्रकरणः प्राविधिक सई लक्ष्मी महर्जनलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण