बालुवाटारमा कार्यदलले बुझायो तीनवटा ‘डकुमेन्ट’
शुक्रबार, २२ साउन २०७८, १० : ०७

सत्तारुढ गठबन्धनको सात सदस्यीय कार्यदलले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीनवटा दस्तावेज बुझाएको छ । कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुलाई सरकार सञ्चालनसम्बन्धी कार्यविधि, न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुको आचार संहिताको मस्यौदा बुझाएको हो ।
कार्यदलका अध्यक्ष पूर्णबहादुर खड्का नेतृत्वको टोलीले शुक्रबार बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रम, सरकार सञ्चालनसम्बन्धी कार्यविधि र मन्त्रीहरुको आचार संहिता बुझाएको हो ।
यी दस्तावेजहरूलाई अन्तिम रुप दिई शीर्ष नेताहरुले हस्ताक्षर गरेर सार्वजनिक गरिने बताइएको छ ।
सरकारको साझा न्यूनत्तम कार्यक्रम बनेसँगै अब मन्त्रिपरिषद विस्तार हुने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु