चार जिल्लामा महन्थ पक्षको एकसाथ विस्तारित बैठक

जनता समाजवादी पार्टी, नेपाल (महन्थ ठाकुर पक्ष) को आजदेखि जिल्ला तथा प्रदेशमा पार्टीको विस्तारित बैठक सुरु भएको छ । आज सप्तरी, सिरहा, महोत्तरी र बारामा विस्तारित बैठकको आयोजना गरिएको छ । सिरहाको बैठकलाई अनिलकुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनलगायतले सम्बोधन गर्नेछन् भने सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेशचन्द्र लाल, राजीव झाले सम्बोधन गर्ने कार्यक्रम छ ।
यता, महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउत र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिइसकेपछि त्यसको विरुद्धमा महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको बेला ठाकुरले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई भेटघाटका लागि तराई मधेसका २० वटा जिल्ला र सातवटै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम लिएर गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता