मेस्सीको गन्तव्य अब कता ?, पीएसजी कि सिटी ?
लियोनेल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएपछि अब उनको अर्को गन्तव्यको बारेमा चर्चा सुरु भएको छ । स्काइ स्पोर्ट इटालिया र आरएमसी स्पोर्टकाका अनुसार मेस्सी र पेरिस सेन्ट जर्मेनबीच अनुबन्धका लागि छलफल सुरु भइसकेको छ ।
बार्सिलोनासँग करारबारे छलफल असफल भएसँगै ६ पटकका बालोन डि’ओर विजेता र पीएसजीबीच छलफल भएको बताइएको छ । छलफल सकारात्मक भए लिग वानमा बार्सिलोनाका पूर्व खेलाडी नेयमारसँग मेस्सीले पुनः खेल्न पाउनेछन् । यद्यपि, मेस्सीलाई अनुबन्ध गर्नअघि पीएसजीले केही खेलाडीहरूलाई भने बेच्नुपर्ने हुन्छ ।
उता, प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी पनि मेस्सीको सम्भावित गन्तव्यका रुपमा हेरिएको छ । लामो समयदेखि मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डिओलको पुनर्मिलनको चर्चा चलिरहेको छ । म्यानचेस्टर इभिनिङ न्यूजसँग कुरा गर्दै क्लबका चिफ अपरेटिङ अफिसर ओमार बेराडाले क्लबसँग मेस्सीलाई अनुबन्ध गर्ने स्रोत रहेको बताएका छन् ।
यद्यपि, हालै ज्याक ग्रिलिसलाई १० करोड पाउन्डमा खरिद गरेको र अझै ह्यारी केनलाई पछ्याइरहेको सिटीले मेस्सीलाई अनुबन्ध गर्छ या गर्दैन भन्ने चाहिँ हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
