बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ आयोजना गर्दै सिजन मिडिया

बिहीबार, २१ साउन २०७८, १९ : ३७
बिहीबार, २१ साउन २०७८

काठमाडौं  । सिजन मिडियाले ‘नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ आयोजना गर्ने भएको छ । आफ्नो १३ औं स्थापना दिवसको अवसर पारेर आगामी भदौ महिनामा काठमाडौंमा  ‘नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ नामक सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो ।

सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल विभिन्न व्यक्तित्वहरुको  काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक विशेष सम्मान गर्न लागिएको संस्थाले जनाएको छ ।

देश तथा विदेशमा रहेर  विभिन्न क्षेत्रमा दिएको योगदानको कदर स्वरुप अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच , व्यवसायीक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको संस्थाका अध्यक्ष प्रदिपराज वन्तले बताए ।

वन्तले सामाजिक राजनैतिक सास्कृतिक शैक्षिक लगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड गर्न लागिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप