मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशको विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्छौं : अर्थमन्त्री बराल

बिहीबार, २१ साउन २०७८, १८ : ४१
बिहीबार, २१ साउन २०७८

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले प्रदेशको विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने बताएका छन् । बिहीबार पोखरा २२ वडा स्थित शुक्रराज माध्यमिक विद्यालय र वडा कार्यालयले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै अर्थमन्त्री बराले यस सम्मानले प्रदेशको समृद्धिका लागि कार्य गर्न थप जिम्मेवार बनाएको समेत बताए । 
मन्त्री बरालले पुम्दी भुम्दीसहित समग्र प्रदेशको विकास र समृद्धिका लागि आवश्यकताको आधारमा कार्य गर्ने बताए । उनले पुम्दी भुम्दी पर्यटकीय दृष्टिकोणबाट समेत अति महत्वपूर्ण भएकाले यसको बृहत विकास गर्नका लागि सवै एक भएर लाग्नुपर्ने बताए ।  

मन्त्री बरालले यस क्षेत्रबाट विभिन्न जिम्मेवारीमा पुगेका दक्ष ब्याक्तिसँगको समन्वयमा एकीकृत विकास गर्न आवस्यक रहेको बताए । उनले यस क्षेत्रको मौलिक बस्तुहरुको संरक्षण सहितको सौन्दर्यकरणको लागि समेत काम गर्न आवस्यक रहेको बताए । 

माओवादी केन्द्र पोखरा २२ का वडा कमिटीका अध्यक्ष चण्डीका प्रसाद बरालले छोरेपाटन देखि शान्ति स्तुपा, लुकुमस्वारा, कालाभाङ, उल्लेरी ढाँवा हुदै कुभिण्डेसम्मको सडक र छोरेपाटन देखि फुस्रेखोला कुभिण्डे सडक निर्माणमा ध्यान दिन मन्त्री बराल समक्ष आग्रह गरे । 
एमालेका प्रतिनिधि तथा पर्यटन व्यवसायी प्रकाश गुरुङले प्रदेश सरकारबाट विनियोजन भएको बजेटमा कालाभाङ घडेरी तर्फको क्षेत्र उपेक्षित भएको गुनासो गरे । 

नेपाली कांग्रेस पोखरा २२ का वडा कमिटि सचिव होमप्रसाद बरालले पुम्दी भुम्दीका शाखा बाटोहरुको समेत स्तरोन्नतीमा ध्यान दिन मन्त्री समक्ष आग्रह गरेका थिए ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बराल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता लगायतले मन्त्री बराललाई खादा र माला लगाउर्दै गाउँको सडक निर्माण सहितको पर्यटन प्रबद्र्धन हुने गरी विकास गर्न माग गरेका छन्।

सोही समारोहमा माओवादी केन्द्र पोखरा २२ वडा कमिटीले पोखरा महानगरपालिका –२२ कार्यालयलाई एक थान अक्सिजन कन्सन्टेटर मेसिन सहयोग गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप