शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल पक्षको पहिलो दिनको बैठक सकियो, भोलि पुनः बस्ने

बिहीबार, २१ साउन २०७८, १८ : ०१
बिहीबार, २१ साउन २०७८

नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा बिहीबारदेखि सुरु भएको छ । आजको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, साविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । 

उनले केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिए । 
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएको पन्तले जानकारी दिए । नेपालले एकता आफूहरुको इच्छा र चाहना भएको पनि बताएका थिए । तर एकता सम्मानजनक हैसियतमा मात्रै हुनसक्ने नेपालको भनाइ थियो । 

पन्तले कोरोना नियन्त्रण प्रभावकारी बनाउन, बाढी पहिरोबाट पीडित भएकाहरुलाई राहत र क्षतिपुर्ति दिन तथा महाकाली घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउन नेता नेपालले सरकारलाई सुझाव दिएको पनि बताए । 

यस्तै बिहीबारको बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप