स्रोतको अनुमति लिएरमात्र सामग्री सम्प्रेषण गर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्य रूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन आग्रह गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जन गुनासाहरू बढेको भन्दै यस्तो आग्रह गरेको हो ।
“सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गर्ने” निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा (१३) मा “समाचार तथा समाचार सामग्री प्रकाशन÷प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने” व्यवस्था रहेको छ ।
।
सञ्चारमाध्यममा समाचार सामग्री तथ्यहिन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले पैँतीस दिनभित्र काउन्सिलमा लिखित वा अनलाइनमार्फत् उजुरी दिन सकिने पनि काउन्सिलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार
-
बीवाईडी हाई–टेक विकमा पुगे चिनियाँ राजदूत
-
कर्णालीमा मुख्यमन्त्रीसँग सत्तारुढ दल कांग्रेस फेरि असन्तुष्ट
-
इन्डियन प्रिमियर लिग क्रिकेट : इङ्ल्यान्डका पूर्वकप्तान केभिन पिटर्सन दिल्ली क्यापिटल्सको मेन्टर
-
इलाममा गुन्जँदै कन्दरा
-
महाकुम्भमा कसरी गणना गरिएको थियो करोडौँ मान्छेको भीड ?