किमको टाउकोमा देखियो यस्तो दाग

उत्तर कोरियाले आफ्नो देशभित्रका धेरै कुराहरु गोप्य राख्छ । यहाँका सर्वोच्च नेता किम जोङ उन आफैंमा रहस्यमयी छन् । त्यहीकारण, उनको स्वास्थलाई लिएर पनि अनेक अड्कल भइरहन्छ । केही दिनअघि सार्वजनिक भएको तस्विरमा किम निकै कमजोर देखिएका थिए र उनको वजन कमजोर भएको दाबी समाचारहरुमा गरियो । उनका पछिल्ला तस्बिरहरु फेरि चर्चामा छन् ।
एनके न्युजले किमका नयाँ तस्बिरहरु सार्वजनिक गरेको छ । जहाँ, किमको टाउकोमा एउटा दाग देखिएको छ । यो दाग के हो ? र, कसरी यस्तो भयो भन्ने खुलेको छैन । केही तस्बिरहरुमा यो दागलाई ब्यान्डेजले ढाकिएको देख्न सकिन्छ ।
यो निशान चोटको हो या अन्य केही हो, तस्बिरबाटै पुष्टि गर्न सकिने अवस्था छैन । रिपोर्टअनुसार २४ देखि २७ जुलाईसम्म आयोजित एक सैनिक इभेन्टका दौरान यो फोटो लिइएको हो । आमरुपमा किमको स्वास्थबारे उत्तर कोरियामा कुनै चर्चा हुँदैन र यससँग जोडिएका जानकारी पनि गोप्य रहन्छन् । तर अहिले उनको वजनलाई लिएर पनि चिन्ता गर्न थालिएको छ ।
कोरियन पिपुल्स आर्मीका कमाण्डर र पुलिस अफिसरको वर्कशपमा किम पनि देखिएका थिए, जहाँ उनी पहिलेको दाँजोमा निकै पातलो देखिन्थे । यही कारण उनी बिरामी भएको अनुमान कतिपय सञ्चारमाध्यमले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार