अलग भएकाहरुलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । जारी विज्ञप्तिमा जसपाका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन उनले आह्वान गरेका छन् । अध्यक्ष यादवले एकीकृत हुनका लागि रत्तिभर पनि विचलित नहुन आग्रह गरेका छन् । उनले प्रतिगामी शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले जसपा विरुद्ध लागेर फुटाउ र राज गरको नीति अनुरुप सक्रिय रहेको उल्लेख गरेका छन् ।
देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने कार्यलाई मुर्तरुप दिन गम्भिर रुपले लाग्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भनेका छन्, ‘पार्टीका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जसपामा नै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडि बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन