भूमिश्वरको दावी : विमलाको आरोपमा सत्यता छैन
एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सांसद विमला वलीले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको प्रस्टिकरण दिएका छन् ।
सांसद ओलीले पत्रकार सम्मेलन गरेर आफुलाई नेपालगञ्ज लैजाने नाममा बुटवल ल्याएर बन्धक बनाएको भनेर सार्वजनिक गरे लगत्तै ढकालले अर्को पत्रकार सम्मेलन गरेर वलीलाई अपहरण नगरेको र उनकै माग अनुसार बुटवल ल्याएको दावी गरे ।
‘म साउन १५ गते विमला ओलीलाई स्पस्टिकरणको पत्र बुझाउन उहाँको घरमा गएको थिएँ । स्पस्टीकरणको चिठी बुझाएपछि उहाँले पढ्नुभयो । पत्र पढेपछि उहाँले मुख्यमन्त्रीसँग कुरा गर्न चाहान्छु भन्नुभयो’, ढकालले भने, ‘उहाँले त्यसो भनेपछि ल हिँड्नुस्, मेरो गाडि खाली छ भनेपछि उहाँ बुटवल जान राजी हुनुभएको हो । त्यसबेला उहाँका दिदी,आमा र भिनाजु समेत हुनुहुन्थ्यो ।’ ढकालले त्यसबेला उहाँले अव एमालेमा फर्कन्छु भनेर आमालाई भन्दा आमासमेत खुसी भएको बताए । उनले एमालेका तर्फबाट सूर्य चिन्हबाट चुनाव जितेपनि एमाले र माओवादी मिलेर बनेको नेकपाको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा समेत उपस्थित भएर माइन्युटमा हस्ताक्षर गरेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
