शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नायक प्रदीप खड्काले लमही पुगेर सार्वजनिक गरे टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर

बिहीबार, २१ साउन २०७८, १६ : ३७
बिहीबार, २१ साउन २०७८

लमही । टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर दाङको लमहीमा सार्वजनिक भएको छ ।

लमही मोटर्सले आज एक कार्यक्रमको आयोजना गरी कलाकार तथा जगदम्बा मोटर्सका ब्राण्ड एम्बेसडर प्रदीप खड्का, जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख विक्रम पौडेल, लमही मोटर्सका प्रमुख सुदीप पाण्डेद्वारा सार्वजनिक गरिएको हो ।

टीभीएस एनटर्क अहिले नेपाली बजारमा निकै लोकप्रिय हुँदै आएको स्कुटर हो । नयाँ बीएस ६ तथा त्यसमा भएको एफआई सिस्टमले यस १२५ सीसीको स्कुटर लागि थप पावरफुल र उत्कृष्ट माइलेज दिने कम्पनीका प्रतिनिधिले जानकारी गराए ।

दाङ जिल्लाका लागि लमही मोटर्स टीभीएसको आधिकारीक डिलर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप