भरियामार्फत नेपाल भित्र्याइएको ३७ लाखको सुनसहित २ पक्राउ
विमानस्थल प्रहरीले भरियामार्फत नेपाल ल्याइएको करिब आधा किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे विमानस्थलको आगमन कक्षबाहिर शंकास्पद अवस्थामा भेटिएका रिसब महतोलाई रेकी गर्दा प्रहरीले झण्डै आधा किलो सुन बरामद गर्न सफल भएको हो ।
प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेर १० मिनेटमा सिरहाको धनगढीमाई ८ घर भएका रिसब महतो विमानस्थलको आगमनतर्फको पार्किङ एरियामा बसिरहेका थिए । निजको गतिविधि अस्वभाविक देखेपछि निगरानी बढाएको प्रहरीले साउदी अरबबाट आएका यात्रुलाई भरिया बनाई सुन ल्याएको खुल्न आएको हो ।
प्रहरीका अनुसार साउदी अरबबाट जजिरा एयरलाइन्सको उडानमार्फत् काठमाडौं उत्रिएका विभिन्न व्यक्तिलाई भरिया बनाएर सुन ल्याएको पाइएको छ । साउदीबाट काठमाडौं उत्रिएका विभिन्न यात्रुहरुले बाला र औँठी बनाएर ल्याएको र काठमाडौं उत्रिएपछि उनीहरुले महतोलाई दिने बित्तिकै प्रहरीले महतोलाई पक्राउ गरेको हो ।
प्रहरीले महतोको साथबाट ८ थान बाला र २ थान सुनको औँठी बरामद गरेको छ । विदेशबाट आउने नागरिकलाई भरिया बनाएर भन्सार छली गरी सुन ल्याएको भन्दै कुल ४७४ ग्राम सुनसहित महतोलाई प्रहरीले पक्राउ गरेको थियो । हालको मुल्यमा ३७ लाख ३८ हजार ६७५ रुपैयाँको भन्सार छलीको सुनसहित महतो पक्राउ परेपछि महतोको बयानका आधारमा अर्का एक व्यक्तिलार्य पनि पक्राउ गरिएको छ ।
विमानस्थल प्रहरीका अनुसार महतोको बयानका आधारमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ घर भई तिलगंगामा खोटाङ हलेसी गेष्ट हाउस सञ्चालन गरिरहेका ४१ वर्षीय अम्बर चाम्लिङलाई समेत पक्राउ गरिएको छ । भन्सार छली गरी भरियामार्फत सुनको अवैध आयातमा चाम्लिङको मुख्य भूमिका देखिएको भन्दै उनीहरुलाई बरामद गरिएको सामानसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' [तस्बिर]
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण