नेप्सेमा दोहोरो अंकको गिरावट,कारोबार रकम भने १४ अर्ब घटेन
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो ।
साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन समग्र नेप्सेमा दोहोरो अंकको करेक्सन आइरहँदा यता ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार यस दिन बैंकिङ्ग समूह बाहेकका अन्य सबै समूहहरु ऋणात्मक भएका छन् ।
यद्यपि, अधिकतम १६ अंकले खस्किएको बजारमा कारोबार रकम भने यस दिन पनि १४ अर्ब माथि रहेको छ । नेप्सेका अनुसार आज कुल २२६ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख ३५ हजार बढी पटक किनबेच हुँदा अधिकतम १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको छ ।
गत बुधबार १२.०५ अंकले बढेर नेप्से हालसम्मकै उच्च ३१ सय २३.१४ विन्दुमा पुगेको दिन १५ अर्ब ५९ करोड ५७ लाखको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण