कोरोनाले बालबालिकामा पार्ने असर र यसको उपचारबारे मेडिसिटीमा प्रशिक्षण
ललितपुर । नेपाल मेडिसिटी अस्पतालका नर्सहरुले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण संचालन गरेका छन् ।
साउन १८ गते देखि २१ गतेसम्म अस्पतालमै संचालन भएको प्रशिक्षण कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा प्रशिक्षण प्राप्त गरेका छन् ।
कोरोनाभाइरसको तेस्रो भेरियन्टले बालबालिकामा असर गर्नसक्ने तर्फ सरकारले सचेत गराइरहेको बेला अस्पतालले तयारी थालेको हो ।
बाल सघन उपचारमा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रममा आईसीयु सेवा, मेकानिकल भेन्टिलेटर, संक्रमण न्युनिकरण, बिरामी सुरक्षा तथा गुणस्तरीय उपचार, स्तन पान बारे जनचेतना, खानपान सन्तुलन, फिजियोथेरापी, तथा अन्य नैतिकताका विषयहरुलाई समेटिएको थियो ।
नेपाल मेडिसिटी अस्पतालको बाल रोग विभाग प्रमुख डा. आना शर्मा तथा नवजात शिशु रोग विभाग प्रमुख डा. सुचिता श्रेष्ठ जोशीले सघन उपचारबारे तालिम प्रदान गरेका थिए । कार्यक्रममा गुणस्तर तथा बिरामी सुरक्षा, प्रशिक्षण विभाग, पोषण विभाग, नर्सीङ एडुकेटर लगायतको टोली संलग्न थियो ।
सघन उपचारका हरेक विषयलाई समेटेको प्रशिक्षण कार्यक्रमबाट सहभागि नर्सहरुले आफ्नो क्षमता अभिवृद्धि गरी कुनैपनि आपत्कालिन अवस्थामा बालबालिकाहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने डा. आना शर्माको अपेक्षा छ । उनले यस किसिमका प्रशिक्षण कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने बताइन् ।
नेपाल सरकारले तेस्रो भेरियन्टको प्रभाव बालबालिकामा पर्न सक्ने बारे सु–सुचित गरिरहेको अवस्थामा यस किसिमको प्रशिक्षणले त्यस्तो परिस्थिती आइहाले तयारी अवस्थामा रहन सहयोग पु¥याउने विश्वास लिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु