शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए यूकेको अनलाइन भोटिङमा खसेका गैरकानूनी भोट बदर गर्न माग

बिहीबार, २१ साउन २०७८, १४ : ५५
बिहीबार, २१ साउन २०७८

एनआरएनए यूकेमा पहिलोपल्ट शुरु गरिएको अनलाइन भोटिंगमा  झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको  निर्वाचन सम्बन्धि जिम्मा लिएको कम्पनी ‘ च्वाइस भोटिङ’ ले निर्वाचन समितिलाई जानकारी गराएको छ ।

एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले त्यस्ता भोटलाई  मान्यता नदिन बुधबार राती एक पत्रकार सम्मेलन आव्हान गरेकी छन् । सोहि अवसरमा राईले चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी अस्वभाविक रुपमा भोट खसेको प्रष्ट पारेको बताएकी हुन् । प्राप्त जानकारी अनुसार सैयौंको संख्यामा एउटी इमेल ठेगानाबाट भोट खसालिएको छ, जुन कम्पनीसँगको सम्झौता अनुसार पनि मान्य हुनेछैन ।

च्वाइस भोटिङले ती मतदाताहरूको फोटो परिचयपत्र समेत प्रमाणीकरणका लागि माग गरेको कुरा जानकारीमा आएको बताउँदै फर्जी मतकै आधारमा निर्वाचन परिणाम घोषणा गरिए कानूनी उपचार खोज्ने चेतावनी दिएकी छन् । 'म चुनाव जितिनेमा विश्वस्त छु । तर गैर कानूनी मत बदर हुनुपर्छ भन्ने मेरो अडान हो', उनले भनिन् ।  

'यसअघि निर्वाचन समितिले दिएको जानकारी र च्वाइस भोटिङको भनाई अनुसार निर्वाचन परिणामको पहिलो ड्राफ्ट (बुधवार) सांझ सम्म निर्वाचन समितिमा आइपुग्नु पर्ने थियो । तर, निर्वाचनको परिणामलाई उल्टाउने, प्रकृयालाई समेत बिथोल्ने र निर्वाचन समितिलाई विभिन्न प्रभावमा पार्ने उद्देश्यले गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकारहरु लगायतको टोली हिजैदेखि निर्वाचन कार्यालयमा धर्ना बसेर निर्वाचन समितिलाई समेत घेराबन्दी गर्ने प्रयास गरेको सुन्दा दुःख लागेको छ', उनले आफ्नो विज्ञप्तिमा भनेकी छन् ।

बेलायतस्थित करिब १ लाख ५० हजार भन्दा बढी नेपालीको प्रत्यक्ष भावनासँग जोडिएको यती संवेदनशील विषयमा भएको ढिला सुस्तीले संघको छविमा समेत प्रत्यक्ष असर पार्ने निश्चित रहेको जनाउँदै अध्यक्ष प्रत्यासी राईले संघको छवि कुनै पनि हालतमा धमिल्याउन दिन नहुनेमा जोड दिएकी छन् ।

पत्रकार सम्मेलनमा रोजिनाको तर्फबाट आइटी विज्ञ इन्जिनियर संयुक्त श्रेष्ठले अनलाइन चुनाव गराएको भेन्डर च्वाइस भोटिङले समेत फर्जी भएको भनेर निर्वाचन समितिसँग सुझाव मागेको अवस्थामा बेलायतका समस्त नेपालीको भावनामा चोट पुग्ने खालको कदम नचाल्न निर्वाचन समितिलाई चेतावनी दिए ।

सोमबार मध्यान्ह शुरु भएर मंगलबार मध्यान्ह १२ बजे २४ घण्टाको अवधिमा समापन भएको एनआरएन यूके निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिने यसअघि नै घोषणा गरिएको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज  कँडेलले निर्वाचन समितिद्वारा ‘च्वाइस भोटिङ’ कम्पनीसँग गरिएको करार सम्झौता अनुरुप नै प्रक्रिया अघि बढिरहेको र निर्धारित समयमा नै नतिजा प्रकाशित गरिने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप