समृद्धि फाइनान्समा शुन्य प्रतिशत ब्याजदरमा कन्जुमर ईएमआई कर्जा
बिहीबार, २१ साउन २०७८, १४ : ३६
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजार बीच कन्जुमर ईएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
अब ५० हजार देखि ५ लाखसम्मको सामाग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा ए टु जेड अनलाइन बजार तथा फाइनान्स कम्पनीका ग्राहकहरुले ६ महिना देखि ३६ महिना सम्मका लागि उक्त कर्जा सुविधा पाउने छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र ए टु जेड अनलाइनका कार्यकारी सञ्चालक प्रकाश पाठकले हस्ताक्षर गरे ।
फाइनान्स कम्पनीका बजार तथा व्यवसाय प्रवर्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी