लघुकथा : लालपुर्जा
हालखबर बुझ्न कहिल्यै नआउने छोराबुहारी आजभोलि दिनदिनै आउने गरेका छन् । उनीहरूको साथमा कोही न कोही अपरिचित मान्छे हुन्छन् र सबैको मीठो बोलीवचन नै छ अनि आएपछि घरभित्रभन्दा बाहिरै बस्न र जग्गाको छेउकुना हेर्न रुचाउँछन् । सोच्न थाल्छिन् अब त छोराबुहारीलाई पनि यो बूढीको माया लाग्न थालेछ ।
पर्वतको पातीखोलाले आफ्नो सिरीखुरी सबै बगाएपछि उनका श्रीमान्ले आठ वर्षको छोरो च्यापेर आए र उनलाई पोखराको फालिएको पर्ती जग्गामा यौटा झुपडी बनाएर राखेका मात्र थिए । दैवलाई पनि उनकै श्रीमान् प्यारो भएछ, छोडेर गए ।
फूलका आधुनिक नाम नजाने वा नचिने पनि गाउँमा कोदो गोडेको र मकै छरेको अनुभवले उनलाई सानो खोल्सापारीको नयाँ सरकारी अफिसको फूलबारीमा काम मिल्यो र जीवन केही सहज भयो । समय वित्दै गयो । व्यवस्थाका साथै सरकारहरू परिवर्तन हुँदै गए । झुपडीले ओगटेको जग्गाको लालपुर्जा बन्यो ।
खोल्सामा पक्की पुल बन्यो । खोल्सा पारिको बजार वारिसम्म आइपुग्यो । उनका बस्तीका वरपर ठूलाठूला घरहरू बन्न थाले । बस्तीमा भित्रभित्रै हल्ला चल्न थाल्यो, “अब त लालपुर्जा पाएको पनि पच्चीस वर्ष कटिसकेछ ” । अब बल्ल उनले पनि बुझिन्, छोराबुहारीले आजभोलि माया किन गर्न थालेका रहेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
मेगा अक्सनपछि आईपीएलमा सहभागी टोलीहरूको अवस्था
-
पाँच वर्षका लागि वर्ल्डलिङ्कले पायो दुईवटा लाइसेन्स
-
नाष्टको ४८ औँ प्राज्ञसभा : १२ विधामा पुरस्कार प्रदानको निर्णय
-
पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
गढीमाई मेलाको अवसरमा ७ दिने कृषि एक्स्पो हुँदै