पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताएका छन् । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराए ।
यस्तै चीनबाट यही १५ तारिखभित्र १६ लाख खोप आउने बताए । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराए । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रहेको राज्यमन्त्री श्रेष्ठले बताए ।
यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको १ करोड १० लाख खोप, विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी १ करोड १३ लाख खोप आउने मन्त्री श्रेष्ठले बताए । यस्तै अमेरिकाबाट ६० लाख फाईजर खोप ल्याउने तयारी छ । फाईजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई लगाइने मन्त्री श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पवन कल्याणकी पत्नीले किन खौरिइन टाउको ?
-
नेविसंघको अध्यक्ष पदमा नरेश भट्टद्वारा उम्मेदवारी घोषणा
-
सलमान खानको कारलाई बमले उडाइदिने धम्की
-
नयाँ वर्षको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
अन्तरिक्षमा पुगेर फर्कियो केटी पेरीसहित छ जना महिलाको समूह