आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिन्छौँ : ऊर्जामन्त्री

बिहीबार, २१ साउन २०७८, १३ : २२
बिहीबार, २१ साउन २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् । 
बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढाएको बताइन् ।  विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महसुल पनि कम गर्ने गरी आफुले तयारी गरिरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कही राहत दिनुपर्छ भनेर निशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्धेश्यद्धारा त्यसको तयारी गरेको छु मैले ।’

ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पु¥याउनको निम्ति पनि आफू क्रियाशिल रहने बताइन् । सिँचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने बताइन् । 
सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उहाँले उल्लेख गरिन् । 

उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप