विशेष महाधिवेशनको प्रस्तावमा पौडेल समूहमै असन्तुष्टि, साझा धारणा बनाउन चाक्सीबारीमा बैठक
नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेलले सहितका केही नेताले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पौडेल समूहमै असन्तुष्टि देखिएको छ । अहिले विशेष महाधिवेशनको परिस्थिति नै नरहेको भन्दै पौडेल समूहका नेताहरुमै असन्तुष्टि देखिएको हो ।
आगामी भदौमा महाधिवेशनको तयारी भएपनि क्रियाशील सदस्यता विवाद टुंगो नलागेकाले महाधिवेशन हुने नहुने अन्योलताका बीच पौडेलले सार्वजनिक रुपमै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । उनको प्रस्तावलाई अर्का नेता अर्जुन नरसिंह केसीले पनि साथ दिँदै यसबारे बहस छेडेका छन् ।
संस्थापन इतर समूहका महामन्त्री शशांक कोइरालालगायत भने विशेष महाधिवेशन गर्ने परिस्थिति नआइसकेको बताउँछन् । यही विषयमा एकता कायम गर्न तथा आन्तरिक विषयमा साझा धारणा तय गर्न पौडेल समूहको बैठक बिहीबार बसेको छ । काँग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको महामन्त्री कोइरालाले पुष्टि गरे ।
आजको बैठकमा विशेष महाधिवेशनको विषयलगायतका विषयमा छलफल हुने भन्दै उनले अहिले बाहिर चर्चामा आएजस्तो विशेष महाधिवेशन नै गर्नुपर्ने परिस्थिति बनिनसकेको उनको भनाइ छ ।
काँग्रेसका शीर्ष नेताहरुबीच बुधबार भएको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल भएको थियो ।
काँग्रेस नेता रमेश लेखकले महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै शीर्ष तहमा यसको टुंगो २ दिन भित्र लगाउने गरी छलफल भईरहेको बताए । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर, स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएका बेला विशेष महाधिवेशनको चर्चा बाहिर ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण