एमालेलाई मिल्न नदिने पक्षमा केपी ओली छन् : मेटमणि चौधरी
बिहीबार, २१ साउन २०७८, १२ : ४१

पछिल्लो राजनीतिक अवस्था र आफ्नो समुहको भुमिकाबारे छलफल गर्न बोलाइएको नेकपा एमाले माधव नेपाल समुहको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ ।
सो समुहका नेता तथा सांसद मेटमणि चौधरीले बैठकस्थलमा उपस्थित सञ्चाकर्मीहरुलाई बैठक आजै सकिने जानकारी दिएका हुन् ।
उनले नेकपा एमालेलाई मिल्न नदिने पक्षमा केपी ओली पुगेको भन्दै ओलीले डिक्लियर नगर्दासम्म अर्को पार्टी निर्माण नगर्ने बताए । ‘ओलीले अर्को पार्टी नबनाएसम्म नेकपा एमालेबाटै आफ्ना क्रियाकलाप अघि बढाउने । केपी ओली बयलगाडा चुनावचिन्ह लिएर अघि बढ्छन् र आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (केपी ओली ) राख्छन्’, चौधरीको आक्रोश छ ।
उनले आजको बैठकले पार्टीलाई कसरी अघि बढाउने भन्नेमा छलफल गर्ने जानकारी दिए । चौधरीका अनुसार एमालेका ९० जना भन्दा बढी केन्द्रीय सदस्य बैठकमा भाग लिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल
-
युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?
-
कांग्रेसले विश्व पौडेलको नाम दिएपछि गभर्नर छनोट प्रक्रिया फेरि सुरुकै चरणमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
-
युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी
-
नीति तथा कार्यक्रम यथार्थपरक र कार्यान्वयन योग्य छ: एमाले