शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटकको खर्चको सीमा बढ्यो, तर आम्दानी बढेन

बिहीबार, २१ साउन २०७८, १२ : २९
बिहीबार, २१ साउन २०७८

पछिल्लो पटक विदेशी पर्यटकले नेपाल आएर गर्ने खर्चको सीमा केही बढेको छ । सन् २०१९ सम्म प्रति पर्यटक प्रतिदिन अधिकतम ४६ अमेरिकी डलर खर्चको सीमा रहेकोमा सन् २०२० मा यस्तो सीमा अधिकतम ६५ अमेरिकी डलर पुगेको हो । 

साथै, खर्चको सीमा बढेसँगै यता पर्यटक बस्ने समय सीमा समेत औषतमा १२ दिनबाट अहिले १५.१ दिन पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । तर, यता पर्यटकको बस्ने समय र खर्च गर्ने सीमा बढिरहेता पनि राज्यले गर्ने विदेशी मुद्राको आम्दानी भने अधिकतम ७१ प्रतिशतले घट्न पुगेको छ । 

सन् २०२० मा कोभिड–१९ को विश्व महामारीका कारण प्रायः सबै क्षेत्रहरु प्रभावित हुँदा मुख्यगरी पर्यटन क्षेत्र समेत त्यसको सिकार हुँदा विदेशी पर्यटक आगमन रोकिन पुगि वर्ष भरी करिब २५ अर्ब जतिमात्र आर्जन गर्न सकिएको पर्यटन मन्त्रालयले जनाएको छ । 

त्यसो त भिजिट नेपाल २०२० समेत घोषणा गरेको वर्षमा विश्वभरबाट जम्माजम्मी २ लाख ३० हजार ८५ जना मात्र पर्यटक नेपाल भित्रिएको मन्त्रालयको तथ्याङ्क देखाएको छ । यो हवाई तथा स्थल दुवै मार्ग हुँदै आएका पर्यटकको तथ्याङ्क हो । जुन अघिल्लो वर्ष सन् २०१९ को भन्दा करिब ८० प्रतिशतले नै कमी हो ।

यस्तै, हिमाल आरोहणका लागि आउने पर्यटकको संख्यामा समेत अघिल्लो वर्षको तुलनामा अधिकतम ९२ प्रतिशतले कमी आइए सन् २०२० को अन्तसम्ममा जम्मा १५३ टिममा ४४७ जना मात्र विदेशी पर्वतारोही नेपाल आएको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप