आगामी ५ महिनामा १ लाख ९३ हजार बढी नयाँ संक्रमित थपिने सरकारको प्रक्षेपण
बिहीबार, २१ साउन २०७८, १२ : २०
सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको छ । जसअनुसार ७ लाख ६९ हजार नौ सय २२ जना छन् ।
डा.लोहनीले कोभिड १९ संक्रमित हुनेमध्ये ९ हजार नौ सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै साउन २० गतेसम्म नेपालमा कोरोना खोपको पहिलो मात्रा लगाउनेको संख्या ४२ लाख ९७ हजार ६ सय १२ जना रहेको र पूर्ण खोप प्राप्त गर्ने संख्या २० लाख ७४ हजार रहेको छ ।
त्यस्तै सरकारले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण