शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकअघि माधव पक्षको स्थायी कमिटी बैठक सुरु

बिहीबार, २१ साउन २०७८, ११ : ४९
बिहीबार, २१ साउन २०७८

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । 
स्थायी कमिटीले एजेण्डा तय गरेपनि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । 

बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । 

अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप