शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कपिल शर्मा शोबाट आउट भएकी हुन् सुमोना ?

बिहीबार, २१ साउन २०७८, ०९ : ४४
बिहीबार, २१ साउन २०७८

गत महिना कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत टेलिभिजनमा आफ्नो पुनरागमनको घोषणा गरेका थिए । कपिलले ‘द कपिल शर्मा शो’ का स्टारकास्टसँग सेल्फी सेयर गर्दै लेखेका थिए – ‘पुरानो अनुहारका साथ नयाँ शुरुवात’ । फोटोमा कपिलसँगै कीकू शारदा, भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर र सुदेश लहरी देखिएका थिए । उक्त फोटोमा सुमोना चक्रवर्ती गायब थिइन् । मानिसहरुको अनुमान थियो, सुमोना कपिल शर्मा शोबाट बाहिरिइन् । तर, यसमा कुनै सच्चाई नरहेको बताइएको छ ।

शोसँग निकट रहेकाहरूका अनुसार सुमोनाले पछिल्लो हप्तामात्र च्यानलसँग नयाँ करार साइन गरिसकेकी छन् । उनी ‘द कपिल शर्मा शो’ मा भूरीको भूमिकामा कायम रहेकी छन् । कपिल शर्मा र च्यानलसँग उनको कुनै विवाद नभएको र उनी शोमा फर्किने कुरामा पनि कुनै सन्देश नभएको उनको भनाइ छ ।

गत महिना कपिल र शोका केही स्टार कास्टले पुणेमा शोमा फर्किन लागेको जानकारी दिन छोटो प्रोमो सुट गरेका थिए । त्यतिबेला सुमोना भने त्यहाँ उपलब्ध थिइनन् । साथै आफ्नो निजी कामको कारण सुमोना र च्यानलबीच करारमा हस्ताक्षर गर्नमा ढिलाइ भएको बताइएको छ । ‘अब उनी चाँडै टीमसँग सुटिङमा फर्किने छिन्,’ स्रोतको भनाइ छ

कपिल शर्मा शोको परिवारमा सुदेश लहरी पनि जोडिएका छन् । यसअघि उनी कृष्णा अभिषेकको जोडीलाई ‘कमेडी सर्कस’ मा दर्शकले निकै रुचाएका थिए । स्रोतका अनुसार कमिडियन गौरव गेरा पनि शोको हिस्सा बन्ने छन् । उनी एक महिलाको भूमिकामा देखिने योजना बनाइएको छ ।

यता, शोको पहिलो पाहुना अक्षय कुमार बन्न सक्ने बताइएको छ । कपिलको शोमा अक्षय बेल बटमको प्रमोशनका लागि जाने बताइएको छ । तर, यसको पुष्टि भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप