शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा

बिहीबार, २१ साउन २०७८, ०९ : १४
बिहीबार, २१ साउन २०७८

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा राखेको छ । शुक्रबार एक सूचना जारी गद सात वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूची राखिएको हो ।

जसमा श्री  ए. के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै श्री कालिगंगा निर्माण सेवा, श्री  कण्टा निर्माण सेवा,श्री लाटिनाथ कन्स्ट्रक्सन सेवा, श्री अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, श्री आविद निर्माण सेवा र श्री बिक्रम खाद्य स्टोरलाई एक एक वर्षमा लागि कालोसूचीमा राखिएको छ ।

उनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप