शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

३० लाख सरकारी बजेटमा महराकी श्रीमतीको  सम्झनामा बन्यो पार्क

बिहीबार, २१ साउन २०७८, ०८ : ५१
बिहीबार, २१ साउन २०७८

काठमाडौं । पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य  कृष्णबहादुर महराकी पत्नी सीता महराको सम्झनामा रोल्पामा स्मृति पार्क निर्माण गरिएको छ ।

दिवंगत सीता महराको नाममा स्थापना गरिएको सीता महरा मेमोरियल फाउन्डेसनले  महराको गृहनगर रोल्पा नगरपालिका १ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको फाउन्डेसनका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार संघीय सरकारको ३० लाख र बाँकी जन श्रमदानबाट पार्क निर्माण गरिएको हो । दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगुराँस, चाइनिज टिमुर लगायतका बोटबिरुवाहरूलाई संरक्षण गरेर स्मृति पार्कलाई आकर्षक र मनोरम बनाइएको छ । साथै पार्कमा आकर्षक कला र डिजाइनले पर्यटकको मनै लोभ्याउने गरेको पाइन्छ  ।

दिवंगत सीता महराको स्मृतिमा स्थापना गरिएको फाउन्डेसनले थप सामाजिक काम गर्ने पनि बताइएको छ । तात्कालिक जनयुद्धको उद्गम थलो रोल्पामा जनयुद्धका एक कुशल अभिभावक सीता महरा स्मृतिमा निर्माण गरिएको पार्क एउटा मनोरम पर्यटकीय गन्तव्य बनेको स्थानीयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप