शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरेको आरोपमा दुईजना युवा पक्राउ

बुधबार, २० साउन २०७८, २२ : ५२
बुधबार, २० साउन २०७८

मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका घर भएका २० वर्षीय सुनम कार्की र संखुवासभाको चैनपुर घर भएका २१ वर्षीय सन्देश शेर्पा छन् ।

आरोपीहरुले चैनपुर नगरपालिका क्षेत्रबाट चोरी गरेको ६ ओटा मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए । प्रहरीले साउन १० मा चैनपुर–९ स्थित पिलुवाबाट बा.९६ प ३६०२ नम्बरको मोटरसाइकल सहित सुमन कार्कीलाई पक्राउ गरेको थियो । 

चोरीको मोटरसाइकलमा सवार सुमनले सो मोटरसाइकल सन्देशले बेचेको बताएपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो । चैनपुरबाट मोटरसाइकल चोरेर उनिहरुले तेह्रथुममा लुकाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमसँगको समन्वयमा थप ५ ओटा मोटरसाइकल बरामद गरिएको इन्स्पेक्टर खतिवडाले बताएका छन् । आरोपीहरुलाई प्रहरीले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप