बिहीबारदेखि युएईमा नेपालीलाई प्रवेश खुला
बुधबार, २० साउन २०७८, २१ : ५४

संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएईमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।
उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी
-
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
-
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
-
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा