लेबनानद्वारा विश्व समुदायसँग सहयोगको याचना

लेबनानले मुलुक गम्भीर सङ्कटमा पुगेकाले सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको छ । राष्ट्रपति मिचेल औनले बुधबार मुलुक अति अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा विश्व समुदायको सहयोग अत्यावश्यक भइसकेको उल्लेख गरिएको छ ।
विकासमा धेरै पछाडि परेको मुलुक लेबनानमा अहिले अकल्पनीय तरिकाले गरिबीको बृद्धि बढिरहेको छ । त्यसैगरी कोरोनाभाइरसको महामारीले पनि लेबनानलाई नराम्रोसँग थला पारेको छ । महामारीका कारण औषधिको अभाव र स्वास्थ्य सेवामा समस्या भइरहेको छ ।
सरकारी अधिकारीहरूका अनुसार सिरियाबाट विस्थापितहरुको ठूलो भार पनि लेबनानलाई नै परेको छ । त्यसैले लेबनानलाई सहयोगको खाँचो परेको उनीहरूले बताएका छन् । लेबनानमा अहिले विद्युत् तथा पानीसम्बन्धी सेवाका लागि भौतिक संरचनाहरू निर्माण तथा मर्मत गर्न सहयोगको आवश्यकता रहेको छ । त्यसैगरी लेबनानको सैनिकलाई पनि सहयोगको खाँचो रहेको राष्ट्रपतिले उल्लेख गरेका छन् ।
बेरुत नाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि चाहिने सहयोग आफूहरूका लागि सबैभन्दा प्राथमिकतामा रहेको उनको भनाइ छ । बेरुत नाका देशको अर्थतन्त्रका लागि ठूलो कोशेढुङ्गा भए पनि अहिले सञ्चालन नभएकाले समस्या भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध