बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भान हाल तेस्रो पटक नेदरल्याण्डको प्रशिक्षक नियुक्त

बुधबार, २० साउन २०७८, २१ : १४
बुधबार, २० साउन २०७८

लुइस भान हाल तेस्रोपटक नेदरल्याण्डको पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । युरो २०२० को अन्तिम १६ मा चेक रिपब्लिकसँग पारजित हुँदै नेदरल्याण्ड बाहिरिएपछि फ्रांक डि बोरले राजीनामा दिएपछि ६९ वर्षीय भान हाल नियुक्त भएका हुन् ।

भान हालले यसअघि सन् २००० देखि २००२ र त्यसपछि सन् २०१२ देखि २०१४ सम्म नेतृत्वको सम्हालिसकेका छन् । त्यसपछि उनी म्यान्चेस्टर युनाइटेड पुगेका थिए । सन् २०१६ मा क्लबले हटाएपछि उनी सक्रिय प्रशिक्षणमा थिएनन् ।

उनले नेदरल्याण्डको नेतृत्व गर्न पाउनु गर्वको कुरा भएको बताएका छन् । नेदरल्याण्डले आगामी सेप्टेम्बरमा तीन वटा विश्वकप छनोट खेलहरु खेल्नेछ ।

भानहालले आफ्नो करियरमा २० वटा मुख्य उपाधिहरू जितेका छन् । जसमा आयाक्ससँग च्याम्पियन्स लिगको उपाधिका साथै बायर्न म्युनिख र बार्सिलोनासँग लिग उपाधि रहेका छन् । उनकै नेतृत्वमा नेदरल्याण्डले सन् २०१४ को विश्वकपमा तेस्रो स्थान जितेको थियो । म्यान्चेस्टर युनाइटेडसँग उनले एफए कपको उपाधि जितेका थिए । 

सन् २०१४ मा नेदरल्याण्ड छाडेपछि उनीको स्थानमा विभिन्न ७ जना म्यानेजरले नेदरल्याण्डको नेतृत्व सम्हालिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप