बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी देखेपछि स्कुटर छाडेर भाग्ने ३ जना पेस्तोल र खुकुरीसहित पक्राउ

बुधबार, २० साउन २०७८, २० : ४५
बुधबार, २० साउन २०७८

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको बिजी मल अगाडिबाट प्रहरीले पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय विपिन मगर उर्फ विकेश, २५ वर्षीय मन्दिप थापा र १९ वर्षका सुजन मगर छन् । स्कुटरमा सवार उनीहरुको साथबाट १ थान पेस्तोल, म्यागाजिन र पाँच राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले विकेश मगरको झोलाबाट २ थान खुकुरी र गाँजा पनि बरामद गरेको छ । आरोपीहरुबारे महारागञ्ज वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।

उनीहरु प्रहरी चेकजाँच देखेपछि चलाइरहेको स्कुटर सडकमै छाडेर भागेका थिए ।  प्रहरी टोलीले पिछा पर्दै गएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप