शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुङ्ग्याउने काँग्रेस शीर्ष नेताबीच सहमति

बुधबार, २० साउन २०७८, १९ : ५९
बुधबार, २० साउन २०७८

नेपाली काँग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

करिब ४ घण्टा भएको छलफल पनि विवादित क्रियाशील सदस्यताको टुंगो नलागेपछि तीन दिन थप फेरि छलफल गर्न सहमति भएको रमेश लेखकले बताए । क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोक लगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवादमाथि छानबिन गर्न नसकेपछि शीर्ष नेताबीच छलफल भइरहेको छ ।

शीर्ष नेताबीच क्रियाशील सदस्यताबारे सहमति भए महाधिवेशनको कार्यतालिका ल्याउने तयारी भइरहेको छ । भदौ १६१९ का लागि महाधिवेशन प्रभावित भएको छ । तल्लो तहको अधिवेशन स्थगित भए पनि काँग्रेसले नयाँ कार्यतालिका ल्याउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप