शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशमा कोरोनाका कारण थप १४ जनाको मृत्यु

बुधबार, २० साउन २०७८, १९ : ४०
बुधबार, २० साउन २०७८

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण प्रदेशका ८ जिल्लामा ५ जना महिला र ९ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । 

मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ६ जना रहेका छन् भने अन्य ८ जना उपत्यका बाहिरका रहेका छन् । संक्रमणका कारण काठमाडौं, भक्तपुर र ललितपुरमा २/२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका डा. प्रवक्ता पुरुषोतम सेढाईले जानकारी दिए ।

डा.सेढाईका अनुसार, चितवन, काभ्रे र दोलखामा २÷२ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने मकवानपुर र रामेछापमा १÷१ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा २६ वर्षदेखि ८५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।
योसँगै कोरोनाका कारण बागमती प्रदेशमा हालसम्म ४ हजार ८५ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप