पाल्पामा विभिन्न घटनाका तीन अभियुक्त पक्राउ
पाल्पा जिल्लामा प्रहरीले छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेको दुई अभियुक्तलाई पक्राउ गरेको छ भने एक जनालाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको छ ।
जिल्ला अदालत पाल्पाबाट फैसला भई कैद तथा जरिवाना तोकिएका बगनासकाली २ का २८ वर्षका नारायण बगाले र रामपुर १० का १९ वर्षीय नारन सुनारलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
गालेको सवारी ज्यान मुद्दामा एक महिना ६ दिन कैद तोकिएको छ भने सुनारलाई पशुपक्षीसम्बन्धी कसुर गोरु मारेको अभियोगमा ३ महिना ७ दिन कैद तोकिएको छ । उनीहरुलाइ पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । यस्तै करणीको अभियोगमा जिल्लाको रिब्दीकोट गाउँपालिका सुतिरहेकी ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने १७ वर्षीय युवकलाई पक्राउ गरेकी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट