शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगापुर र हङकङमा सय मिलियन अमेरिकी डलर लगानी गर्दै ह्वावे

बुधबार, २० साउन २०७८, १९ : ०३
बुधबार, २० साउन २०७८

सिंगापुर । ह्वावेले सिंगापुर र हङकङमा एकै साथ १०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । ह्वावेले ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप सपोर्टमा सो योजना सार्वजनिक गरेको हो ।

ह्वावेका अनुसार लगानी एशिया प्रशान्त क्षेत्रमा यसको स्पार्क कार्यक्रममा हुनेछ जसको आगामी तीन बर्षमा यस क्षेत्रको लागि एक दिगो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको हो । ह्वावेले सिंगापुर, हङकङ, मलेसिया र थाइल्याण्डलाई आफ्नो स्टार्टअप हब बनाउन मद्दत गरिरहेको छ ।

शिखर सम्मेलनमा ह्वावेले यस कार्यक्रमले इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका र भियतनाममा चार अतिरिक्त स्टार्टअप हबहरुको विकासमा केन्द्रित गर्ने घोषणा गर्‍यो । स्पार्क एसेलेरेटर कार्यक्रममा कुल १,००० स्टार्टअप भर्ती गर्ने व्यापक उद्देश्यसँगै स्केलअपमा ती मध्ये १०० लाई आकार दिने छ ।

यो शिखर सम्मेलनमा धेरै प्रमुख एशियाली स्टार्टअप, शिक्षाविद्, विभिन्न उद्योग र सरकारहरु र मिडिया, साथसाथै ५० भन्दा बढी क्षेत्रीय शीर्ष उद्यम पूँजीपतिहरु र ३०० भन्दा बढि स्टार्टअप संस्थापकहरु उपस्थित थिए । कार्यक्रममा भाषण र प्यानलको ध्यान यो स्टार्टअप इकोसिस्टमको सामाजिक भ्यालु र कसरी प्राविधिक र इकोसिस्टम इनोभेसनलाई बढावा दिन सक्छन्, स्थानीय समुदायमा योगदान र सामाजिक आर्थिक विकासलाई ड्राइभ गर्न सक्छन् भन्नेमा केन्द्रित रहेको थियो ।

एशिया प्रशान्त स्पार्क कार्यक्रम अन्तर्गत तीन अतिरिक्त पहल कार्यक्रम ह्वावेद्वारा शुरू गरीएको थियो । जसमा स्पार्क डेभलपर कार्यक्रम जसको उद्देश्य एशिया प्रशान्त क्षेत्रमा ह्वावे क्लाउडद्वारा संचालित एक डेभलपर इकोसिस्टमको ख्याल गर्नु होस् स्पार्क पिटस्टप कार्यक्रम ह्वावे क्लाउडमा स्टार्टअपलाई चलाउन र समर्थन गर्न डिजाइन गरिएको कम्पनीले बताएको छ । यसका लागि प्रोडक्ट डेभलपमेन्ट अगाडि बढाउन सकियोस्स र स्पार्क इनोभेसन कार्यक्रमले स्पार्क स्टार्टअप इकोसिस्टमव्दारा इन्टरप्रपईज इनोभेसनको सुविधामा ध्यान केन्द्रित गर्दछ ।

ह्वावेका वरिष्ठ उपाध्यक्ष र बोर्ड सदस्य क्याथरीन चेनले सामाजिक प्रगतिको लागी स्टार्टअप कति महत्वपूर्ण छ र ह्वावेले स्टार्टअपलाई समर्थन गर्न के गर्दैछ भन्ने कुरामा जोड दिए । उनले अगाडि भने, ‘३४ वर्ष पहिले ह्वावे मात्र ५,००० डलर दर्ता पुँजी भएको एक स्टार्टअप थियो । स्टार्टअपलाई चुनौतिहरुको कसरी सम्बोधन गर्ने भन्नेबारे हामी सचेत छौं । डिजिटल रूपान्तरणद्वारा प्रस्तुत अवसरहरुको उपयोग गर्नको लागि, व्यापार सफलता हासिल गर्नको लागि र संसारको लागि अधिक इनोभेटिभ उत्पादनहरु र सोलुसनहरुको विकास गर्ने वातावरण हुनेछ ।’ 

ह्वावेको क्लाउड बिजनेस युनिटका सीईओ झांग पिंगुआनले २०१७ मा यसको प्रक्षेपणपछि ह्वावे क्लाउड संसारको सबैभन्दा छिटो बढ्दो क्लाउड भएको दावी गरे । उनले अनगिन्ती स्टार्टअपको बृद्धिलाई प्रेरित गरेको पनि बताए । गत वर्ष एशिया प्रशान्तमा स्पार्क प्रोग्राम शुरु गरेको स्थानिय सरकार, अग्रणी इन्क्यूबेटर, फर्महरु र शीर्ष विश्वविद्यालयहरुसँग धेरै क्षेत्रहरुमा स्टार्टअपको लागि प्लेटफर्म निर्माण गर्नको लागि काम गरिरहेको बताए ।
 
ह्वावे क्लाउड स्पार्क संस्थापक शिखर सम्मेलनमा ह्वावेले स्टार्टअपसंगको इनोभेसन अनुसन्धान कार्यक्रममा पछिल्लो डाटा अनावरण समेत गरेको छ । ​ह्वावे एशिया प्रशान्त क्षेत्रका अध्यक्ष जेफरी लियुले कार्यक्रमले आगामी तीन बर्षमा १०० मिलियन अमेरिकी डलर भन्दा बढी लगानी गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप