बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अगस्टको अन्त्यसम्म माल्दिभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी

बुधबार, २० साउन २०७८, १८ : ५४
बुधबार, २० साउन २०७८

माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलिहले जतिसक्दो चाँडो सबै नागरिकलाई खोप लगाइसक्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन् । 

    कोरोनाभाइरसको महामारीका कारण थप मानवीय क्षति हुन नदिनका लागि खोप लगाउने अभियानलाई तीव्रता दिन उनले आग्रह गरेका हुन् । 

    राष्ट्रपति सोलिहले सरकारी निकायका सबैलाई उच्च प्राथमिकताका साथ कोरोनाभाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिए ।

    राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी निर्देशनमा सरकारी सबै कर्मचारीलाई यही अगस्ट १५ सम्मका कम्तीमा एउटा खोप लगाइसक्न आग्रह गरिएको छ । 

    जनस्वास्थ्य महानिर्देशक मैमुना अबुबाकुरले पनि खोप अभियानमा सहयोग गर्न सरकारी संस्था तथा निकाय, कम्पनीलगायतलाई अनुरोध गरेका छन् ।  

    माल्दीभ्समा कोरोनाभाइसविरुद्धको खोप लगाउने अभियान गत फेब्रुअरीदेखि नै सुरु भए पनि पूरा हुन सकेको छैन । 

    यही अगस्टको अन्त्यसम्ममा खोप लगाउन योग्य कम्तीमा पनि ९० प्रतिशतलाई खोप लगाइसक्ने उद्देश्य राखिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म खोप लगाउन योग्य ७० प्रतिशतले भने खोप लगाइसकेका छन् । 

    देशभरिका तीन लाख २५ हजार ६० जनाले पहिलो मात्रै खोप लगाएका छन् भने दुई लाख ७४ हजार ९४९ जनाले दुवै खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप