शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा थप १०३ जनामा कोरोना पुष्टि, १ को मृत्यु

बुधबार, २० साउन २०७८, १८ : ३०
बुधबार, २० साउन २०७८

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर निरन्तर उकालो लागिरहेको छ ।  बुधबार थप १०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 
मंगलबार ९२ जनामा संक्रमण देखिएकामा बुधबार बढेर १०३ जनामा संक्रमण देखिएको हो । पछिल्लो केही समयदेखि कर्णालीमा निरन्तर कोरोना संक्रमण दर बढीरहेको छ भने डिस्चार्ज हुनेको संख्या न्युन रहेको छ ।

बुधबार ७१ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ४१ र २४५ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। 
बुधबार सबैभन्दा धेरै ५० जनामा कोरोना संक्रमण देखिएको छ । जुन केही दिन अघिसम्म प्रदेशभरको तथ्याङ्क भन्दा धेरै हो । 
यस्तै रुकुमपश्चिममा १८, कालिकोटमा १२, मुगुमा ५, जाजरकोट, सल्यान र दैलेखमा ४÷४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै जुम्लामा ३ र अन्य १ जनामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले जानकारी दिए। 

यस्तै जुम्लामा बुधबार एकजनाले कोरोना भाइरसको संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् । 

यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५३ पुगेको छ ।  
यस्तै प्रदेशमा संक्रिय संक्रमितको संख्या बढेर ७७२ जना पुगेको निर्देशनालयले बताएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप